सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव « Khabarhub

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक र आर्थिक लोकतन्त्र स्थापित नभएसम्म राजनीतिक लोकतन्त्रको कुनै अर्थ, भविष्य वा स्थायित्व नहुने बताएका छन् । 

सोमबार काठमाडौंमा डा रेखा यादवद्वारा लिखित निर्झरको प्रश्न कथा कृतिको लोकार्पण गर्दै अध्यक्ष यादवले सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सबैभन्दा पहिले जनताको सामाजिक चेतनामा परिवर्तन ल्याउनु अनिवार्य हुने समेत बताए । 

उनले समाजलाई जागृत बनाउने, सोच्न बाध्य पार्ने र रूपान्तरणको दिशा दिने सबैभन्दा शक्तिशाली अस्त्र साहित्य नै भएको धारणा राखे । अहिले पनि शिक्षाबाट वञ्चित अवस्था, छोरा र छोरीबीचको असमान व्यवहार, रुढीवादिता, अज्ञानता र गरिबी/विपन्नता अझै समाजमा गहिरोसँग जरा गाडेर बसेको उल्लेख गरे ।

अध्यक्ष यादवले नेपालमा विभेद, असमानता, विपन्नता र अन्याय भोगिरहेका पिछडिएका समुदायलाई न्याय दिलाउन र समाजलाई सही दिशा दिन साहित्यिक क्षेत्रबाट अझै धेरै काम गर्न बाँकी रहेको बताए । 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ५ : ५१ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी