सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव « Khabarhub

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक र आर्थिक लोकतन्त्र स्थापित नभएसम्म राजनीतिक लोकतन्त्रको कुनै अर्थ, भविष्य वा स्थायित्व नहुने बताएका छन् । 

सोमबार काठमाडौंमा डा रेखा यादवद्वारा लिखित निर्झरको प्रश्न कथा कृतिको लोकार्पण गर्दै अध्यक्ष यादवले सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सबैभन्दा पहिले जनताको सामाजिक चेतनामा परिवर्तन ल्याउनु अनिवार्य हुने समेत बताए । 

उनले समाजलाई जागृत बनाउने, सोच्न बाध्य पार्ने र रूपान्तरणको दिशा दिने सबैभन्दा शक्तिशाली अस्त्र साहित्य नै भएको धारणा राखे । अहिले पनि शिक्षाबाट वञ्चित अवस्था, छोरा र छोरीबीचको असमान व्यवहार, रुढीवादिता, अज्ञानता र गरिबी/विपन्नता अझै समाजमा गहिरोसँग जरा गाडेर बसेको उल्लेख गरे ।

अध्यक्ष यादवले नेपालमा विभेद, असमानता, विपन्नता र अन्याय भोगिरहेका पिछडिएका समुदायलाई न्याय दिलाउन र समाजलाई सही दिशा दिन साहित्यिक क्षेत्रबाट अझै धेरै काम गर्न बाँकी रहेको बताए । 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ५ : ५१ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष