भरत दाहालको गिरफ्तारीबारे ओली : उनले बम पड्काएका थिएनन्, सरकार फासीवादको यात्रामा छ « Khabarhub

भरत दाहालको गिरफ्तारीबारे ओली : उनले बम पड्काएका थिएनन्, सरकार फासीवादको यात्रामा छ


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्लेषक भरत दाहालको आइतबार मोरङबाट भएको गिरफ्तारीलाई वालेन्द्र शाह नेतृत्वको सरकारको फासीवादतिरको यात्रा भनेका छन्।

ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा सोमबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकलाई उद्घाटन सम्बोधन गर्दै ओलीले यस्तो भनेका हुन् ।

विश्लेषक दाहालको गिरफ्तारीको विषय उठाउँदै ओलीले उनको गिरफ्तारीलाई ‘फासीवादतिरको यात्रा’ भएको टिप्पणी गरे ।

‘भरत दाहालले बम पड्काएका थिए ? गोली चलाएका थिए ? उनी अलिक अगाडिदेखि बोलिरहेका थिए,’ उनले भने, ‘विश्लेषकका कुरा कहिले मिल्छन्, कहिले हावादारी पनि हुन्छन् । त बोले भन्दैमा पक्रिनु यो सरकारको फासीवादी चरित्र हो, यो निन्दनीय छ।’

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : १४ बजे

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि