काठमाडौं– काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेपछि पुनः निर्माण गरिएको भव्य नयाँ भवनबाट भाटभटेनीले आजदेखि नियमित सेवा सुरु गरेको हो।
नयाँ भवनमा विभिन्न किनमेल सेवासँगै एप्पल स्टोर, फुड कोर्ट तथा पोखराको मोनालिसा थकाली खानासहितका सेवा सञ्चालनमा ल्याइएको छ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आगजनीबाट ध्वस्त भएका १२ वटा स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी दुई स्टोर पनि पुनः निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।
ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित टंगाल स्टोरलाई पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
























प्रतिक्रिया