पर्सामा लागूऔषध गाँजासहित तीन जना नियन्त्रणमा « Khabarhub

पर्सामा लागूऔषध गाँजासहित तीन जना नियन्त्रणमा


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई  नियन्त्रणमा लिएको छ । 

लागूऔषध गाँजा ओसारपसार कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले गाँजासहित तीन जनालाई  नियन्त्रणमा लिएको हो । 

पर्सा पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलस्थित गाँजा ओसारपसार गरिरहेको अवस्थामा भाग्दै गर्दा प्रहरीले दुई राउण्ड हवाई फायर गरी ३० केजी गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । 

प्रहरीले  पर्सा पटेर्वासुगौली गाउँपालिका–बस्ने वर्ष ५० का महेश सहनी, ३४ बर्षका नन्दलाल सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा सोही गाउँपालिका बस्ने वर्ष ७५ का  भुटी भन्ने भुरी चौधरीलाई समेत गाँजा ओसारपसार कार्यमा सङ्लग्न रहेको खुल्न आएकोले निजलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ५७ बजे

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि