बागलुङमा डेङ्गु फैलँदो, अनुसन्धानमा खटियो सरकारी विज्ञ टोली (तस्बिरहरू) « Khabarhub

बागलुङमा डेङ्गु फैलँदो, अनुसन्धानमा खटियो सरकारी विज्ञ टोली (तस्बिरहरू)


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ– देशभरमै सबैभन्दा धेरै डेङ्गु संक्रमण फैलन थालेपछि बागलुङमा संक्रमणको कारण, फैलिरहेको डेङ्गुको भेरियन्ट पहिचान गर्न विज्ञ टोली परिचालन भएको छ ।

स्वास्थ्य सेवा विभागका डा. गोकर्ण दाहालको नेतृत्वमा फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी, विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त, नेपाल प्रहरीलगायतको टोलीले पछिल्लो दुई दिनदेखि नमुना संकलनसहित भेक्टर सर्वेक्षण गरिरहेको छ ।

टोलीले डेङ्गु संक्रमित र संक्रमित नभएका व्यक्तिबीच जोखिमका कारकको तुलना गर्न केस–कन्ट्रोल अध्ययनसमेत गर्दै छ । 

धौलागिरि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतका नमुनाको थप परीक्षण गरी डेङ्गुको भेरियन्ट पहिचान गर्ने काम भइरहेको छ ।

हालसम्म बागलुङ नगरपालिका–१, २ र ३ मा गरिएको प्रारम्भिक सर्वेक्षणमा ७७ घरधुरीमध्ये ३६ घरमा डेङ्गु सार्ने एडिस लामखुट्टेको लार्भा फेला परेको छ । यो कुल घरधुरीको करिब ४७ प्रतिशत हो । 

बागलुङमा हालसम्म एक हजार ५८९ जना संक्रमित भएका छन् । यो तथ्याङ्ग सरकारी अस्पतालमा परीक्षण गराएकाहरूको मात्रै हो । निजी क्लिनिकमा परीक्षण गराउनेको संख्या अझ बढी रहेको अनुमान गरिएको छ । 

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ३ : ३२ बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी