सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो « Khabarhub

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो।

महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ। मंगलबार सुन तोलाको ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७ सय ७५ रुपैयाँ थियो।

केही दिनयता सुनचाँदीको मूल्य सामान्य उतारचढावमा सीमित रहँदै आएको छ। गत शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ४ सय ४७ रुपैयाँ थियो।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ११ : १० बजे

सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु

वासिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु

परराष्ट्रमन्त्री खनाल स्वागत समारोहमा सहभागी

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राजा महेन्द्रको भ्रमणले फेरिएको अमेरिकी प्रोटोकल

राजा महेन्द्र २०१६ सालमा अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आईजनहावरको निमन्त्रणामा

मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

संयुक्त राष्ट्रसङ्घ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने