काठमाडौं– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माइतीघरमा प्रदर्शन गरेको छ ।
बुधबार प्रदर्शनमा सहभागीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।
सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
























प्रतिक्रिया