काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि राखेका धारणा र सुझाव समेट्दै प्रतिवेदन पारित गरेको हो।
प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि उठाएका विषयमा स्पष्ट पारेका छन् ।
आचार्यका अनुसार बैठकमा उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिवहरु लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ सचिवहरु छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतलले पदाधिकारीले धारणा राखेका थिए।

त्यसैगरी विभिन्न आयोगका अध्यक्ष तथा केन्द्रीय कमिटी सदस्यहरूले पनि बैठकमा आफ्नो धारणा र सुझाव राखेका थिए। बैठकमा नेताहरूले पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण, निर्वाचनको तयारी तथा पछिल्लो राजनीतिक परिस्थितिलगायत विषयमा धारणा राखेका छन्।
एमालेले बैठकमा आज आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरुमा परशुराम बस्नेत, पार्वत गुरुङ, पार्वती रावल, पार्वती बिसुङ्खे, प्रेम तामाङ, प्रेम पराजुली, प्रतीक्षा तिवारी, प्रदीप कटुवाल, प्रदीप ज्ञवाली, प्रभा बराल, प्रभु हजारा, बदमी क्वारा बोहोरा, बालिका गिरी, बिना श्रेष्ठ, विन्दु महर्जन, रमेश बडाल, बोमबहादुर विश्वकर्मा, भगवती चौधरी, भगवती थापा, भगवती न्यौपाने, भागिरथी सिंह, भारती पाठक, डा। भीष्म अधिकारी, भूमि त्रिपाठी, भूमिश्वर ढकाल, भोला पोखरेल, मञ्जु भण्डारी, मञ्जु चालिसे, मन्जु चौधरी, मन्जु गुरुङ, मनकुमारी जिसी, मन कुमारी तितुङ (तारा), मनोज ताम्ली, मनोज खड्का लगायतले आआफ्नो धारणा राखे ।
केन्द्रीय कमिटीको जारी बैठक भोलि १२:३० वजे भनिमण्डलस्थित रामबाग भवनमा बस्ने छ । त्यस अघि पार्टी केन्द्रीय सचिवालको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा विहान १० वजे बस्ने भएको छ ।
केन्द्रीय कमिटीको बैठक बिहीबार दिउँसो १२ः३० बजे रामबाग भवनमै बस्ने एमालेले जनाएको छ। त्यसअघि बिहान १० बजे पार्टी केन्द्रीय सचिवालयको बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने आचार्यले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।













प्रतिक्रिया