सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका « Khabarhub

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न समूहगत तालिका निर्धारण गरेको छ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै संसदको छलफललाई गुणात्मक, प्रभावकारी र फलदायी बनाउन शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरिएको बताएका छन्।

सूचनाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको अनिवार्य उपस्थिति तोकिएको छ।

सम्बन्धित समूहका सांसदलाई बैठक सुरु भएदेखि अन्त्यसम्म उपस्थित भएर छलफलमा सक्रिय सहभागी हुन निर्देशन दिइएको छ। तर अन्य समूहका सांसदलाई संसदमा आउन अनिवार्य छैन भन्ने अर्थ नलिन पनि रास्वपाले स्पष्ट पारेको छ।

विशेष अवस्थाबाहेक संसद बैठक सबै सांसदका लागि सधैँ बाध्यकारी हुनुपर्ने सूचनामा उल्लेख छ। त्यस्तै, बैठक अवधिमा छलफल प्रभावित नहुने गरी खाजा तथा अन्य आवश्यक कामका लागि सांसदले पालैपालो समय मिलाउनुपर्नेछ। कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ प्रस्तुत हुने समयमा भने तोकिएका सबै सांसदको अनिवार्य उपस्थिति हुनुपर्ने रास्वपाले जनाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ९ : २९ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको