ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित « Khabarhub

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ ।

यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको हो ।

टोलीमा पुनः फर्कन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको आफ्नो दोस्रो यात्राका लागि आफू तयार रहेको बताए ।

‘सुदूरपश्चिम रोयल्समा पुनः फर्कन पाउँदा म निकै उत्साहित छु। पहिलो संस्करणमा टोलीसँग बिताएको समय र नेपालमा पाएको अनुभव विशेष थियो। फेरि यही टोलीबाट एनपीएल खेल्ने अवसर पाउनु खुसीको कुरा हो। टोलीलाई राम्रो नतिजा दिलाउन आफ्नो तर्फबाट सक्दो योगदान गर्नेछु’ म्याकमुलेनले भने ।
 
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले म्याकमुलेनलाई पुनः टोलीमा भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै उनको अनुभव र क्षमताले टोलीलाई थप बलियो बनाउने बताए।

‘ब्रान्डनलाई फेरि सुदूरपश्चिम रोयल्सको परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। उनीसँग पहिलो संस्करणमै टोलीसँग खेलिसकेको अनुभव छ र उनको अलराउन्ड क्षमताले टोलीलाई महत्वपूर्ण योगदान दिने विश्वास लिएका छौं । तेस्रो संस्करणमा पनि उनीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौ’ खड्काले भने ।

सुदूरपश्चिम रोयल्सले यसअघि न्युजिल्यान्डका स्कट कुग्लेइन र इंग्ल्यान्डका सेफ जैबलाई तेस्रो संस्करणका लागि विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ५ : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा