बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ « Khabarhub

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ (हिमालयन जलवायु उत्थानशीलता संयन्त्र) स्थापनाको प्रस्ताव गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई न्युयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएकाले यो पृथ्वीको जीवन प्रणालीकै महत्त्वपूर्ण हिस्सा भएको बताए।

प्रस्तावित संयन्त्रमार्फत तीन देशबीच स्याटेलाइट तथ्याङ्क र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निरन्तर निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणालीलाई बलियो बनाउने तथा विपद्का बेला सीमापार सहायता समन्वय गरिने उनले स्पष्ट पारे। प्रधानमन्त्री शाहले हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्नेमा विशेष जोड दिए।

एक महिनाअघि नेपालको हिमाली क्षेत्रमा आएको विनाशकारी बाढी कुनै एउटा देशको मात्र त्रासदी नभई सिङ्गो विश्वका लागि गम्भीर चेतावनी भएको उनले बताए। नेपालले आफ्नो क्षमताभन्दा बढी पारिस्थितिक योगदान पुर्‍याइरहेको उल्लेख गर्दै उनले देशको करिब आधा भूभागमा वन पुनःस्थापना भएको, जलविद्युत् र विद्युतीय सवारीको प्रयोग तीव्र पारिएको र स्थानीय तहमा जलवायु अनुकूलनका कामहरू भइरहेको जानकारी गराए।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ९ : ३४ बजे

चीनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत

धौलीगङ्गा जलविद्युतका बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः

चितवनको कुरिनटारमा रोकिएका मालवाहक सवारी

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको कुरिनटारमा मालवाहक सवारी रोकिएका

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको