शान्तिपूर्ण देशको सूचीमा नेपालले अमेरिका, चीन र भारतलाई उछिन्यो « Khabarhub

शान्तिपूर्ण देशको सूचीमा नेपालले अमेरिका, चीन र भारतलाई उछिन्यो


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई छिमेकी मुलुकलाई पछि पार्दै नेपालले विश्वका १६३ वटा शान्तिका देशहरुमध्ये ७६ स्थानमा आइपुगेको छ । नेपालले पहिलेभन्दा १२ स्थान सुधार गर्दै ७६ स्थानमा आइपुगेको हो ।

‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) का अनुसार देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरि सूचित गरेको हो ।

२०१९ को रिपोर्टमा अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको देखाएको छ । विश्व शान्तिको सूचीमा आइसल्यान्ड पहिलो स्थान कायमै छ भने अफगानिस्तान अन्तिम स्थानमा छ ।

उसको प्रतिवेदन अनुसार अनुसार आइसल्यान्डमा प्रति एकलाख मानिसमा वार्षिक १८ हत्या मात्र हुने गरेको छ । दोस्रोमा न्यूजील्यान्ड रहेको छ भने पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक क्रमशः शीर्ष दशमा छन् ।

स्वीट्जरल्यान्ड ११ मा छ भने एसियाबाट भूटान १५ र मलेशिया १६ ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा त्यस्तै दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ स्थानमा छन् ।

दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण देश हो । नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ । भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष चार स्थान तल १४१ मा पुगेको हो ।

त्यस्तै पाकिस्तान पनि २ स्थान तल १५३ मा रहेको छ । चीन पनि नेपालभन्दा तल ११० औँ स्थानमा छ । अमेरिका पनि अशान्त देशको सूचीमा छ । अमेरिका चार स्थान तल झर्दै १२८ स्थानमा पुगेको छ ।

‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ले सार्वजनिक गरेको सूची

 

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ११ : २५ बजे

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं– स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त

अमेरिकी आक्रमण नरोकिएसम्म हर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी

एजेन्सी– इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’

उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति

फुङ्लिङ– फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

मान्म– कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक