शान्तिपूर्ण देशको सूचीमा नेपालले अमेरिका, चीन र भारतलाई उछिन्यो | Khabarhub Khabarhub

शान्तिपूर्ण देशको सूचीमा नेपालले अमेरिका, चीन र भारतलाई उछिन्यो


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई छिमेकी मुलुकलाई पछि पार्दै नेपालले विश्वका १६३ वटा शान्तिका देशहरुमध्ये ७६ स्थानमा आइपुगेको छ । नेपालले पहिलेभन्दा १२ स्थान सुधार गर्दै ७६ स्थानमा आइपुगेको हो ।

‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) का अनुसार देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरि सूचित गरेको हो ।

२०१९ को रिपोर्टमा अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको देखाएको छ । विश्व शान्तिको सूचीमा आइसल्यान्ड पहिलो स्थान कायमै छ भने अफगानिस्तान अन्तिम स्थानमा छ ।

उसको प्रतिवेदन अनुसार अनुसार आइसल्यान्डमा प्रति एकलाख मानिसमा वार्षिक १८ हत्या मात्र हुने गरेको छ । दोस्रोमा न्यूजील्यान्ड रहेको छ भने पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक क्रमशः शीर्ष दशमा छन् ।

स्वीट्जरल्यान्ड ११ मा छ भने एसियाबाट भूटान १५ र मलेशिया १६ ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा त्यस्तै दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ स्थानमा छन् ।

दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण देश हो । नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ । भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष चार स्थान तल १४१ मा पुगेको हो ।

त्यस्तै पाकिस्तान पनि २ स्थान तल १५३ मा रहेको छ । चीन पनि नेपालभन्दा तल ११० औँ स्थानमा छ । अमेरिका पनि अशान्त देशको सूचीमा छ । अमेरिका चार स्थान तल झर्दै १२८ स्थानमा पुगेको छ ।

‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ले सार्वजनिक गरेको सूची

 

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ११ : २५ बजे

‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा

प्रियदर्शनले गरे रिटायरमेन्टको संकेत, ‘हैवान’ र ‘हेरा फेरी ३’ अन्तिम प्रोजेक्ट

काठमाडौं – कमेडी र परिवारिक ड्रामा फिल्मका लागि प्रसिद्ध भारतीय

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।