पर्यटकको रोजाइमा त्रिवेणी पाटन « Khabarhub

पर्यटकको रोजाइमा त्रिवेणी पाटन


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । 

वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । 

बडीमालिका घुम्न पर्यटक विगतमा जनैपूर्णिमाको अघिल्लो दिन पूजाका लागि मात्रै जाने गरेकामा अहिले आन्तरिक पर्यटक अन्य बेलामा पनि जान थालेका हुन् । 

चारैतिर हरियाली, भेडाबाख्रा, गाईभैँसी र घोडाका बथान चरणमा लैजाने बेला रमणीय देखिने भएकाले आन्तरिक पर्यटक जेठ महिनादेखि नै त्रिवेणी पाटन भएर बडीमालिका जाने गरेका छन् । 

त्रिवेणी पाटन समुन्द्री सतहबाट झण्डै चार हजार २१९ मिटरको उचाइमा पर्छ । पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ ।  

रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले त्रिवेणी पाटनको हरियाली दृश्यले पर्यटकको मन लोभ्याउने गरेको बताउँछन् ।  
उनले, ‘त्रिवेणीसँगै  ३२ वटा सुन्दर पाटनले पर्यटकलाई रोमाञ्चकता दिने भएकाले अहिले बडीमालिका पूजाको समयमा भन्दा पनि अरु समयमा पर्यटक आउने गरेका छन्’, भने । 

त्रिवेणी पाटनमा लेकाली वन, त्रिवेणी भएर बग्ने खोला, हरियाली फाँट र पाटनमा फुलेका फूलले पाटन पर्यटकको रोजाइमा पर्ने गरेको रास्कोट नगरपालिका–६ का मुस्कान शाहीले बताए । 

यहाँ विभिन्न प्रजातिका वनस्पति, एक सयभन्दा धेरै प्रजातिका फूल फुल्छन् । बहुमूल्य जडीबुटी पाटनमा पाइन्छ । 

बडीमालिका मन्दीरको पूजा गरेर फर्किंदै गरेका कालीकोट खाँडाचक्र नगरपालिका–५ का निर्माण व्यवसायी गणेश आचार्यले त्रिवेणी पाटनमा घुम्न जाने पर्यटकका लागि बडीमालिकाको त्रिवेणी पाटनमा धर्मशाला, स्नानका लागि एक सय आठ धारा, शौचालय, खानेपानीलगायत संरचना निर्माण गरिएको बताए । 

गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले तीर्थयात्री तथा पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको जानकारी दिए । रासस
 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १२ : ३० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल