काठमाडौं– जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०२ रन बनाएको हो ।
अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० तथा नजिबुल्लाह जाद्रानले पनि ३० रन बनाए । नङ्गेलिया खानले अविजित १७ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए ।
समूह ‘ए’ मा रहेको नेपालको प्रतियोगितामा यो पहिलो खेल हो । अफगानिस्तानको भने दोस्रो खेल हो । यसअघि अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो ।
अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य पछ्याउँदै नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।













प्रतिक्रिया