सडक बनाउन दबाब : चरिकोटमा सिठी जुलुस « Khabarhub

सडक बनाउन दबाब : चरिकोटमा सिठी जुलुस


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- अरनिको राजमार्गअन्तर्गत चरिकोटबाट मुडेसम्म सडकको अलपत्र पारिएको भन्दै दोलखाको सदरमुकाम चरिकोटका स्थानीयवासीले सिठी बजाएर विरोध गरेका छन् ।

निर्माणाधीन कम्पनीले सडक अलपत्र पारेपछि निर्माण गर्न दबाबस्वरुप प्रत्येक हप्ता फरक–फरक तरिकाले आन्दोलन गर्दै आएका छन् । यसपटक हाते साङ्लो बनाएर विरोध गरेका थिए ।

यसअघि निर्माण व्यवसायीलाई कालोपत्र गर्न माग गर्दै चरिकोटमा निर्माण व्यवसायी दीपक सापकोटाको फोटो ब्यानर बनाएर टाँसेका थिए । उनीहरुले बनाएको ब्यानरमा निर्माण व्यवसायीको नाम लेख्दै ‘तपाईँ मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेकेदार मै हुँ ?’ भनेर प्रश्न गरेको ब्यानर बनाएर बस तथा चरिकोट चोकमा निर्माण व्यवसायी सापकोटाको फोटोसहित दबाब अभियान शुरु गरेका थिए ।

‘हामीले पटक–पटक फरक तरिकाले काम शुरु गर्न दबाब दिँदै आएका छौँ, निर्माण कम्पनीले हाम्रो माग पूरा गर्न जोडदार माग गर्दछौँ,’ चरिकोटका पत्रकार एवं नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए ।

निर्माण कम्पनीले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने, सामूहिक मुद्दा दायर गर्ने नागरिक अगुवा रमेश खतिवडाले बताए। नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष जीवन लामाले सडक समयमै निर्माण नहुँदा दोलखाको पर्यटन व्यवसायमा नकारात्क असर परेको बताए ।

दुई चरणमा सडक विस्तार भइरहेको यस सडक निर्माण पहिलो चरणको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ । पहिलो चरण खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर र दोस्रो चरण मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर छ ।

पहिलो चरणको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएको छ । पहिलो चरणअन्तर्गत खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडकमध्ये १२ किलोमिटर सडक कालोपत्र भइसकेको लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीप बराहीले जानकारी दिए।

दोस्रो चरणको मुडेबाट चरिकोटसम्मको ३० किलोमिटरका लागि भारतीय कम्पनी सकिल हैदरसँगको साझेदारीमा शङ्करमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्काको जिम्मा पाएका हुन् ।

७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ । यो कम्पनीले म्याद सकिएको दुई वर्ष बित्दासमेत कालोपत्र शुरु गर्न सकेको छैन । दोस्रो चरणको सडक विस्तारमा निर्माण कम्पनीले ढिलाइ गरेको भन्दै आयोजनाले गत असारदेखि कम्पनीलाई रु सात करोड हर्जना लगाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १२ : ३१ बजे

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल