युवा संघ नेपालका सह-संयोजक संजीव राई छ महिनाका लागि निलम्बन « Khabarhub

युवा संघ नेपालका सह-संयोजक संजीव राई छ महिनाका लागि निलम्बन


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईलाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

आयोगका अनुसार गत २०८२ साउन ३ गते भित्र स्पष्टीकरण पेस गर्न भनिए पनि राईले लिखित जवाफ पेस नगरी संगठनविपरीत गतिविधि जारी राखेका थिए । 

विशेष गरी उनले सामाजिक सञ्जालमार्फत संगठन विरोधी प्रचार–प्रसार गरेको, समानान्तर समिति गठन गरेर आन्तरिक जीवनलाई प्रभावित पारेको र संघको एकता तथा अनुशासनमा गम्भीर आघात पुर्‍याएको आयोगले जनाएको छ ।

संगठनका इन्चार्ज कमरेड लक्ष्मण केसीको सिफारिसमा बनेको नयाँ राष्ट्रिय महाधिवेशन आयोजन समिति गठन भएपश्चात् राईले समानान्तर समिति बनाएको आरोप लागेको हो ।

संघको विधान २०७८ को धारा १६ (घ) अनुसार, आयोगले राईलाई साधारण सदस्यता समेत नदिई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय लिएको छ ।

यस विषयमा आयोगका अध्यक्ष विकल केसीले  भने, ‘अनुशासन विपरीतका कार्यलाई संगठनले गम्भीरतापूर्वक लिएको छ’ भन्दै आगामी दिनमा यस्ता गतिविधि सहन नसक्ने चेतावनीसमेत दिएका छन् ।

त्यसैगरी यता संस्थापन पक्ष भने राईलाई समानान्तर कमिटी बनाउन झलनाथ खनालले निर्देशन दिएको र आफ्नो छोरालाई अगाडि बढाउनका लागि पृष्ठभूमि तयार गर्दै गरेको दाबी गर्छ ।  

यता   स्वघोषित रूपमा समानान्तर कमिटीमा अध्यक्ष बनेका राई युवा संघमा सह–संयोजक छन् भने  उपाध्यक्ष   निर्भीक खनालको भने उता युवा संघमा कुनै पनि पद अहिलेसम्म छैनन् ।

साथै, राई र खनाल ठेक्का-पट्टाको व्यवसायमा साझेदार भएको र  केही कम्पनी पनि कालोसूचीमा रहेका उनीहरूको  दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ३ : २७ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।