समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने « Khabarhub

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै नेपाल अघिल्लो चरण प्रवेश गरेको छ ।

क्वाटरफाइनलमा अब नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल भिडन्त मंगलबार हुनेछ ।

समूह ‘ए’को नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो भने आयोजक जापानसँगको दोस्रो खेल नतिजाविहीन भएको हो ।

शनिबार बिहान टस जितेर जापानले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको नेपालले वर्षाका कारण पाँच ओभर घटाइएको खेलमा १४९ रन बनाएको थियो । वर्षाका कारण दोस्रो इनिङको खेल हुन नसकेपछि नेपालले जापानसँग अंक बाँडेको हो ।

जापानविरुद्ध नेपालका सन्दीप जोरा र लोकेश बमले नटआउट अर्धशतक बनाएका थिए ।

तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले पाँच चौका र तीन छक्काको मद्दतमा ३२ बलको सामना गरेर जापानविरुद्ध नटआउट ५७ रन बनाए ।

पाँचौक्रममा आएका लोकेश बलले आक्रामक ब्याटिङ गरे । उनले ६ छक्का र एक चौकाको मद्तमा २२ बलको सामना गर्दा
नटआउट ५२ रन बनाउँदै अन्तिम बलमा अर्धशतक पूरा गरे ।

नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए भने कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट भए ।

नेपाललाई रोक्न जापानका लागि रेओ साकुरानो– थोमस, इब्राहिम ताकाहाशी, जेक कुसुदा–नायर्न र डेक्लान सुजुकीले एकएक विकेट हात पारे । नेपालविरुद्ध जापानले सात जना बलर प्रयोग गरेको थियो । जापानका इब्राहिम महंगा सावित भए उनले तीन ओभर बलिङ गर्दा एक विकेट लिएर ४० रन दिएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ९ : ११ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु