एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित « Khabarhub

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली खेलकुदको पुरुष एकलतर्फ अन्तिम–३२ बाट बाहिरिएका छन् । चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा आज भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुरलागाल्दानीसँग २–० ले पराजित भए ।

उनले १४–२१ र ९–२१ को नतिजा व्यहोरे । क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई २–० ले हराएका थिए । एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपाली खेलाडीको यो एकमात्र जित रह्यो ।

महिला एकलमा रशिला महर्जन र रिहाना महर्जन पहिलो चरणबाटै बाहिरिए । रशिला चीनकी वाङ झी यी तथा रिहाना श्रीलङ्काकी रणिथ्मा थिनुडी वेहेनागेसँग पराजित भए ।

मिक्स्ड डबल्समा क्षितिज–रिहाना तथा प्रफुल महर्जन–रशिलाको जोडी पनि पहिलो चरणमै रोकिएको थियो । पुरुष डबल्समा क्षितिज–प्रफुल तथा महिला डबल्समा रशिला–रिहानाको जोडीले पनि पहिलो चरण पार गर्न सकेनन् । पुरुष एकलमा प्रफुल श्रीङ्काका डुमिन्डु अबेविक्रमसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ७ : १६ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार