अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया « Khabarhub

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले तत्काल अमेरिकासँग वार्ता गर्ने कुनै योजना नरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

आधिकारिक इरना समाचार एजेन्सीले सोमबार अज्ञात स्रोतलाई उद्धृत गर्दै इरानी प्रतिनिधिमण्डलको अमेरिकासँग तत्काल वार्ता गर्ने योजना नरहेको जनाएको हो । प्रतिनिधिमण्डल हाल न्यूयोर्कमा रहेको र मंगलबार तेहरान फर्किने तयारीमा रहेको समाचारमा उल्लेख छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चाँडै इरानसँग वार्ता पुनः सुरु हुने अपेक्षा व्यक्त गरेका थिए । त्यसको एक दिनअघि उनले इरानले सात दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अस्वीकार गरेका थिए ।

इरानले युद्ध अन्त्य गर्न तथा रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज पुनः खोल्न सातवटा सर्त अघि सारेको बताइएको छ । युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास यही जलमार्गबाट आवतजावत हुने गरेको थियो ।

अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको द्वन्द्वमा स्ट्रेट अफ होर्मुज प्रमुख विवादको विषय बनेको छ । आक्रमणपछि इरानले जलमार्गमा आवागमन नियन्त्रण गरेको र अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाएर जवाफ दिएको बताइएको छ ।

कतारको मध्यस्थतामा अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुशनर तथा इरानी विदेशमन्त्री अब्बास अराघचीबीच अप्रत्यक्ष वार्ता भएको एक साताभन्दा कम समयपछि पुनः वार्ता हुन सक्ने अपेक्षा गरिएको थियो ।

इरानले लेबनानसहित मध्यपूर्वमा सात दिनको युद्धविराम, विदेशमा रहेको आफ्नो सम्पत्ति फुकुवा, इरानी तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्नुपर्ने माग अघि सारेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार ती माग अस्वीकार गरेका थिए ।

सेप्टेम्बर १ यता अमेरिकाले इरानमाथि थप आक्रमण नगरेपछि द्वन्द्व केही मत्थर भएको बताइए पनि स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने पानीजहाजमाथि आक्रमणका घटना जारी रहेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ६ : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्