बाढीपीडित ३२ परिवारलाई राहत « Khabarhub

बाढीपीडित ३२ परिवारलाई राहत


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा । चार दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट विस्थापित स्यंगल्याङ नगरपालिका–५ सेतीबेणीका ३२ परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

बाढीका कारण यहाँ २२ कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १० पक्की घरमा आंशिक क्षति पुगेको छ ।

सेतीबेणीमा ३७ पुरुष, ५१ महिला र १३ बालबालिकासहित १०१ जना प्रभावित भएका छन् । तीमध्ये ४८ जना विस्थापितलाई पर्वतको बिहादी गाउँपालिका–६ स्थित सेतीबेणी शालिग्राम माध्यमिक विद्यालयमा राखिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिए । अन्य विस्थापित भने आफन्तको घरमा बसेका छन् ।

नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले बाढीपीडित परिवारलाई २४ थान त्रिपाल, २५ थान म्याट्रेस, ५० थान कम्बल, ३० प्याकेट मास्क, पाँच रोल डोरी, २० थान किशोरी कीट तथा २२ थान सरसफाइ सामाग्री उपलब्ध गराएको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयले चार कार्टुन चाउचाउ, स्यानिटरी प्याड चार कार्टुन, चार कार्टुन खानेपानी, कोलगेट तथा टुथब्रस ७०/७० थान, आटा २० किलो, दाल २० किलो, नुन चार पोका, तीन थान ब्ल्याङ्केट, तीन प्याकेट बिस्कुट र तोरीको तेल एक प्याकेट साथै मेडिकल कीट, साबुन, स्याम्पु, चाउचाउ, चना, दाल, पास्तालगायतका सामाग्री वितरण गरेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारीसहितको टोलीले सेतीबेणी पुगेर बाढीबाट प्रभावित क्षेत्र तथा विस्थापित परिवारको अवस्थाबारे अनुगमनसमेत गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : ५० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्