सरकारले जनतालाई झुक्याइरहेको छ– नेता पौडेल « Khabarhub

सरकारले जनतालाई झुक्याइरहेको छ– नेता पौडेल


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले यो वा त्यो रुपमा जनतालाई झुक्याइरहेको आरोप लगाएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–३३ ठूलढुङ्गामा शनिवार आयोजित चुनावी सभामा उनले जनतालाई ठूलठूला सपना बाँढेर बनेको सरकार अहिले भने प्रतिबद्धताबाट विमुख बनेको बताए ।

उनले सरकार जनतालाई जथाभावी कर थोपरेर भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।

सरकारका अलोकतान्त्रिक गतिविधिका साथै संविधान विरोधी कदमलाई सच्याउनका लागि यस उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताउँदै उनले कांग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले सरकारको गति र मतिलाई सच्याउँदै सही बाटोमा हिँडाउनका लागि कांग्रेसमा मत दिन आग्रह गरे ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १० : १० बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने