सत्तामा रहनेले बजेट बाँड्ने र सडकमा रहनेले माग्ने कुराको अन्त्य हुनुपर्छ – मुख्यमन्त्री शाही | Khabarhub Khabarhub

सत्तामा रहनेले बजेट बाँड्ने र सडकमा रहनेले माग्ने कुराको अन्त्य हुनुपर्छ – मुख्यमन्त्री शाही


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिने र माग्ने परम्पराबाट विकास सम्भव नहुने बताएका छन् ।

कर्णाली प्रदेशको वीरेन्द्रनगर मा आयोजित एक कार्यक्रममा उनले आवश्यकता र प्राथमिकताका आधारमा हुने विकासले मात्र मुलुक समृद्धिको दिशातर्फ अघि बढ्ने बताए ।

सत्तामा रहनेले बजेट बाँड्ने र सडकमा रहनेले माग्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री शाहीले भने, “कर्णाली आफैँमा अत्यन्तै सुन्दर प्रदेश हो । केहीले भन्छन्, कर्णाली सुनको डल्ला हो त कसैले भन्छन्, उत्कृष्ट भूमि हो । यही सुनको डल्लो हो होइन भन्ने वास्तविक कुराको प्रमाणित गर्ने जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ ।” त्यसका साथै कर्णालीमा थुप्रै समस्या भएको जनाउँदै उहाँले यसको विकासका लागि पत्रकारले स्वच्छ सिपाहीको भूमिकामा रहेर काम गर्न आग्रह गरे ।

“कर्णाली नबन्नुका कारण अरुलाई दोषी देख्नुहुँदैन”, उनले भने “अब आत्मसमीक्षा गर्न जरुरी छ । हामी कमजोर छैनौँ, गरेर देखाउन सक्छौँ । यसका लागि हामीमा साझा चिन्तनका साथ अघि बढ्ने एकीकृत सोचको विकास हुनुपर्छ ।”

भाषा, संस्कृति र सभ्यताको विराट इतिहास बोेकेको कर्णाली प्रदेशका सम्भावना र चुनौतीलाई अवसरमा बदल्न सर्वाङ्गीण पक्ष एक हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले मुलुकको दिगो विकासको आधार निर्माण गर्नु प्रमुख दायित्व रहेको उल्लेख गर्दै प्राथमिकताका क्षेत्रलाई पहिचान गर्ने र त्यसका आधारमा विकास गर्ने पद्धति लागू गर्नुपर्नेमा जोड दिए ।

उनले भने “हामीसँग उपलब्ध साधन स्रोतको एकीकृत व्यवस्थापनगरी आजको प्रमुख समस्या समाधान गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।” वितरण संस्कृतिले उल्लेख्य प्रगति नआउने उहाँको जिकिर थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ९ : ३२ बजे

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

झापा– झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति विद्युतीय मोटरबाट

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या

भोजपुर- स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

सुर्खेत– कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ ।

रुद्राक्ष रहस्य : सबैभन्दा महँगो २१ मुखे, चीनले फेसन बनायो, नेपाल-भारत आस्थामा बाँधिए (भिडियो)

काठमाडौं– नेपाली समाजमा विशेषगरी हिन्दू सभ्यतामा रुद्राक्षका किस्सा प्रशस्त सुनिन्छन् ।

बुकीपाटनमा ‘गोठबास’ले पर्यटकलाई सहज

बागलुङ– ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ,