समाजवादीको बैठक निष्कर्षमा पुग्न सकेन, आइतवार पुन बस्ने « Khabarhub

समाजवादीको बैठक निष्कर्षमा पुग्न सकेन, आइतवार पुन बस्ने


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार छाड्ने वा रहने भन्ने विषयमा छलफल गर्न बसेको सत्तारुढ समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक निष्कर्षमा पुग्न सकेन ।

शनिवार साँझ पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन ।

सत्तारुढ दल समाजवादी पार्टीलाई जानकारी नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेपछि पार्टीको औपचारिक धारणा तय गर्न भन्दै बैठक बसेको हो ।

पार्टीका सूचना तथा सञ्चार उपप्रमुख विश्वदीप पाण्डेले बैठक जारी भए पनि कुनै निर्णय हुन नसकेको र आइतबार पुनः बैठक बसेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए ।

सरकारमा उपप्रधान एवं स्वास्थ्य मन्त्री रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री ओलीले स्वास्थ्यबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : ५९ बजे

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ

इरानी तेल सञ्लालमाथि हमला, अमेरिकाले पश्चिम एशियामा २५०० मरिन तैनाथ गर्ने

वाशिङ्टन डीसी- अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा

कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू

दोहा– कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि

ग्याँस र इन्धनमा कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी

काठमाडौं– खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनमा कृतिम