साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना « Khabarhub

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर गरेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनलाई रु तीन लाख जरिवाना गरेको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै कर्पोरेशनलाई उक्त जरिवाना गरेको हो ।

ऐनको दफा ३८ को खण्ड ‘ङ’ मा अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराएमा कारबाही गर्ने व्यवस्था छ । विभागले काठमाडौँ महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ कर्पोरेशनलाई प्रज्वलमान प्रधानका नाममा पत्र पठाउँदै जरिवाना रकम तिर्न निर्देशन दिएको जनाएको छ ।

विभागका अनुसार जरिवानाबापतको रकम आदेश प्राप्त भएको मितिले सात दिनभित्र राजस्व शीर्षक नं. १४३१२ मा दाखिला गरी बैंक भौचरको दोस्रो प्रति विभागमा पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ६ : १६ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन