बाहिरिएका र नयाँ मन्त्रीका पत्नीसहितलाई प्रधानमन्त्रीको डिनर पार्टी, हटाइएकाहरु बालुवाटार गएनन् « Khabarhub

बाहिरिएका र नयाँ मन्त्रीका पत्नीसहितलाई प्रधानमन्त्रीको डिनर पार्टी, हटाइएकाहरु बालुवाटार गएनन्


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनपछि बाहिरिएका र नयाँ मन्त्रीहरुको स्वागतमा ‘डिनर पार्टी’ आयोजना गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ नयाँ र पूराना मन्त्रीहरुलाई परिवारसहित बोलाएका थिए ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीको निवसमा मन्त्रीज्यूहरु परिवारसहित भन्दै सामाजिक सञ्जालमा फोटोसमेत सेयर गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग ईश्वर पोख्रेल

प्रधानमन्त्रीले आह्वान गरेको डिनर पार्टीमा काठमाडौंमा उपलव्ध भएका अधिकांश मन्त्रीहरु उपस्थित भएपनि मन्त्रिमण्डल पुनर्गठनका क्रममा बहिर्गमनमा परेकाको भने खासै उपस्थिती थिएन ।

पूर्व भौतिक योजना मन्त्री रघुवीर महासेठ पत्नीसहित बालुवाटार पुगेपनि अन्य पूर्व मन्त्रीहरु भने बालुवाटार गएनन् ।

‘बाहिरिनु भएका र नयाँ आउनु भएका सबैलाई डिनरका लागि प्रधानमन्त्री ज्यूले बोलाउनु भएको थियो’ बालुवाटार निकट श्रोतले खबरहबसँग भन्यो,‘तर बाहिरिनु भएका पूर्व मन्त्रीहरु खासै आउनु भएन । नयाँ मन्त्रीहरु मन्त्राणीसहित उपस्थित हुनुभएको थियो ।’

राजधानीमा रहेका मन्त्रीहरु उपस्थित भए भनिएपनि सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव र उनको दल समाजवादी नेपालका तर्फबाट मन्त्रीरहेकाहरुको भोजमा उपस्थिति थिएन ।

‘यो पारिवारिक भेटघाट र चिनजान जस्तै कार्यक्रम हो,’ बालुवाटार स्रोतले भन्यो,‘यो पुरानै प्रचलन पनि हो ।’

खानपान र गफगाफका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रीहरु र पुनर्गठनपछि मन्त्री बनेकाहरुलाई प्राथमिकता तय गरेर अघि बढ्न सुझाव दिएका थिए ।
‘औपचारिक कुनै कार्यक्रम भएको होइन’ स्रोतले भन्यो,‘प्रधानमन्त्री ज्यूले विकास निर्माण, जनचासोलाई ख्याल गरेर अघि बढ्न र सरकारमाथि भइरहेको आक्रमणको डटेर सामाना गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।’

केही मन्त्रीहरु पत्नीसहित साँझ साढे ६ बजे बालुवाटार पुगेका थिए भने केही ढिला पुगेका थिए । केही मन्त्रीहरु राति १० बजेसम्म बालुवाटारमा खानपान गरेर फर्किएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ११ : ३९ बजे

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा