भक्तपुर क्यान्सर अस्पतालमा झडप « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालमा झडप


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर –भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको हो ।

पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो । झडपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अस्पतालमा अनियमितता भएको भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरिएको थियो । तर पुरानो व्यवस्थापन समिति र प्रमुख राजनीतिक दल नेकपा र कांग्रेसले भने विरोध जनाउँदै आएको छ ।

अस्पताल सञ्चालन गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीले नगरपालिकाले स्वायत्त संस्थामाथि अनधिकृत हस्तक्षेप गरी आफूहरूलाई पाखा लगाएको आरोप लगाउँदै आएको छ ।

अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा रहेको संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, महासचिव विमलकुमार होडालगायतले अस्पतालमा उपकरण खरिद र सञ्चालन, फार्मेसी सञ्चालन र सफाइ कर्मचारी नियुक्तिमा अनियमितता गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : २५ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको