गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् « Khabarhub

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको परम्परागत नेतृत्वमा ‘क्रमभङ्ग’ गर्दै नयाँ इतिहास र सम्भावनाको ढोका खोलेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले गगन थापाको नेतृत्व क्षमताको प्रशंसा गर्दै अब उनले पार्टीको मात्र नभई देशकै नेतृत्व गर्ने दिशामा अघि बढ्नुपर्ने बताए।

“गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ,” आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै प्रचण्डले भने, “अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु। निरन्तरतामा क्रमभङ्ग गरेर तपाईं पार्टीको नेतृत्वमा आउनुभएको छ, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्, हामी साथ दिन तयार छौँ।”

सम्बोधनका क्रममा प्रचण्डले पार्टीभित्रका सबै पक्ष र समूहलाई समेटेर एकताबद्ध कांग्रेस निर्माण गर्न थापालाई सुझाव दिए। मुलुकमा लोकतन्त्र र गणतन्त्रमाथि अझै जोखिम कायमै रहेको उल्लेख गर्दै उनले शीर्ष राजनीतिक शक्तिहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

साथै, विस्तृत शान्ति सम्झौताका बाँकी कामहरू समयमै टुङ्गोमा पुर्‍याउनुपर्ने दायित्व कांग्रेसको नयाँ नेतृत्वको काँधमा पनि रहेको प्रचण्डको भनाइ थियो। “शान्ति सम्झौताका केही काम अझै टुङ्गो लाग्न बाँकी छन्, यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्ने जोखिम रहन्छ,” उनले भने। मुलुकको आर्थिक समृद्धि र विकासका लागि सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने धारणा उनले राखे।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ४६ बजे

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको