गगनलाई रवि लामिछानेको सुझाव- देउवालाई फकाउनुभन्दा छोडिदिनु नै उपयुक्त हुन्छ « Khabarhub

गगनलाई रवि लामिछानेको सुझाव- देउवालाई फकाउनुभन्दा छोडिदिनु नै उपयुक्त हुन्छ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति शेरबहादुर देउवाको अलमलबाट मुक्त भई अघि बढ्न सुझाव दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई पार्टी रूपान्तरणका लागि स्पष्ट अडान लिन आग्रह गरे।

“शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा नै राम्रो हुन्छ, म कांग्रेसका साथीहरूलाई यो सुझाव दिन चाहन्छु,” लामिछानेले भने।

सम्बोधनका क्रममा लामिछानेले कांग्रेसको लामो र गौरवशाली राजनीतिक इतिहासको कदर गर्दै अब पुराना शैली र नेतृत्वको दबाबबाट मुक्त भएर नयाँ पुस्ता एवम्‌ बदलिएको राजनीतिक परिस्थितिअनुरूप अघि बढ्नुपर्ने बताए। कांग्रेसको इतिहास नै उसको ठूलो सामर्थ्य भएकाले त्यसैको जगमा टेकेर भविष्यको नयाँ यात्रा तय गर्नुपर्ने धारणा उनले राखे।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ५३ बजे

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको