लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने « Khabarhub

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै खतरा नभएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रतिपक्षीहरूलाई जवाफ दिँदै यस्तो बताएका हुन् ।

‘लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुस कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुस्, लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्, जनताले जोगाउँछन्’, उनले भने ।

उनले आन्दोलन गरेर सरकार ढाल्नभन्दा चुनावबाट सरकार ढाल्न चुनौती दिँदै लोकतन्त्रलाई निर्वाचनको माध्यमबाट मात्रै बलियो बनाउन सकिने बताए । साथै, उनले लोकतन्त्रमा विदेशी चलखेल र सेनाको प्रयोगबारे भनिएको अभिव्यक्तिको विरोध गरे ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ५५ बजे

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको