फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ « Khabarhub

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा फेरि खुसीको खबर आएको छ । अभिनेत्री कियारा र अभिनेता सिद्धार्थले आफूहरू दोस्रो सन्तानको आमाबुवा बन्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

दुवैले संयुक्त रूपमा एउटा भावुक तस्बिर सार्वजनिक गर्दै यो खुसी बाँडेका हुन् । तस्बिरमा कियारा र सिद्धार्थको हातसँगै सानो बच्चाको मोजा तथा उनीहरूको पहिलो सन्तान छोरी सरायाहको हात देखिन्छ । तस्बिरसँगै उनीहरूले लेखेका छन्, ‘सबैभन्दा ठूलो उपहारका रूपमा फेरि एकपटक धन्य भएका छौँ। हाम्रो मन प्रेम र कृतज्ञताले भरिएको छ।’

यो खबर सार्वजनिक भएसँगै उनीहरूलाई बलिउडकर्मी तथा प्रशंसकहरूले बधाई दिइरहेका छन् । कियारा र सिद्धार्थले सन् २०२३ को फेब्रुअरीमा विवाह गरेका थिए । 

विवाहको करिब दुई वर्षपछि सन् २०२५ मा उनीहरूले पहिलो सन्तानका रूपमा छोरी सरायाहलाई स्वागत गरेका थिए । छोरीको जन्मपछि पनि दुवैले उनको व्यक्तिगत जीवनलाई सार्वजनिक चर्चाबाट टाढै राख्दै आएका छन्।

विशेषगरी सरायाहको तस्बिर र पारिवारिक जीवनसँग सम्बन्धित विषयमा यो जोडी निकै सतर्क देखिन्छ । सामाजिक सञ्जालमा समेत उनीहरूले छोरीबारे सीमित जानकारी मात्र साझा गर्दै आएका छन् ।

कामको कुरा गर्दा दुवै कलाकार बलिउडमा सक्रिय छन् । कियारा पछिल्लो समय यशसँगको फिल्म ‘टक्सिक’मा देखिएकी थिइन् भने सिद्धार्थको पछिल्लो फिल्म ‘द भ्वान’ हो । यसबीच परिवारमा नयाँ सदस्यको आगमनको खबरले उनीहरूको व्यक्तिगत जीवनमा अर्को खुसीको अध्याय थपिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १ : २६ बजे

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट