भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद « Khabarhub

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको विभिन्न सामान बरामद गरेको छ। 

वीरगञ्ज महानगरपालिका-१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु नौ लाख २२ हजार ५०० बराबरको औषधि नियन्त्रणमा लिई आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । 

हेडक्वाटर पर्साबाट खटिएको अर्को टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको तीन लाख दुई हजार ९६० बराबरको मोटरसाइकलसहित तरकारी वीरगञ्ज-१६ बाट नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए । 

यस गण मातहत सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज-१६ इनर्वा सीमा इलाकाबाट भारततर्फबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एक लाख ७७ हजार ८६० बराबरको कपडा तथा जुत्ता बरामद गरी भन्सार कार्यालयको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए । 

त्यस्तै पर्साकै जगरनाथपुर गाउँपालिका-२ लक्ष्मीपुरचोकमा सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको एक लाख २५ हजार १०० बराबरको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । 

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १२ : ३८ बजे

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल