विमान मुख्य सहरको घरहरुमा ठोक्किँदा २४ जनाको मृत्यु « Khabarhub

विमान मुख्य सहरको घरहरुमा ठोक्किँदा २४ जनाको मृत्यु


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाए छन् । उक्त विमान गोमा स्थित मुख्य सहरस्थित घरहरूमा ठोकिएको थियो ।

हताहत हुनेमा घर र त्यसवरपर रहेका मानिसहरू पनि छन् । अधिकारीहरूका अनुसार विमानमा १७ यात्रु र चालक दलका दुई सदस्य थिए । गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि स्थानीय समय अनुसार विहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कङ्गोका अधिकारीहरूले पुष्टि गरेका छन् ।

विमान के कारण दुर्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन । तर केही स्रोतहरुले उड्नेबित्तिकै विमानको इन्जिनले काम गर्न छोडेको बताएका छन्।

घटनालगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटनास्थलमा पुगेका थिए । विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।

सुरक्षासम्बन्धी मापदण्डमा आवश्यक ध्यान नपुऱ्याइएको लगायतका कारणले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हवाई दुर्घटना तुलनात्मक रूपमा धेरै हुने गरेको छ।

त्यसैले त्यहाँका व्यावसायिक विमानलाई युरोपेली सङ्घले प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ६ : २२ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात