दक्षिण एसियाली खेलकुदको मिति तेस्रो पटक सारियो, ‘डिसेम्बरमा जसरी पनि हुने’ « Khabarhub

दक्षिण एसियाली खेलकुदको मिति तेस्रो पटक सारियो, ‘डिसेम्बरमा जसरी पनि हुने’


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) आगामी डिसेम्बर महिनाको पहिलो साता हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सागको नयाँ मिति सार्वजनिक गर्दै २०१९ डिसेम्बर १ देखि १० सम्म काठमाडौं र पोखरामा सञ्चालन गरिने जानकारी दिएको हो ।

केही दिन अगाडि थाइल्यान्डमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सागको नयाँ मिती तय गरेको थियो । २०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औं सागबाट नेपालले आयोजकको झण्डा लिएको थियो । तत्कालीन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले प्रतियोगिता आयोजकको जिम्मा लिँदै समयमै साग सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

तर, २०१८ मा आयोजना हुनुपर्ने साग भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण पटक—पटक सर्दैै आएको थियो । २०१८ मा हुनु पर्ने साग दोस्रो पटक मिति सार्दै यहि मार्च महिनामा गर्ने बताइएको थियो । तर, मार्च भित्रमा भौतिक पूर्वाधार निर्माण सम्पन्न नहुने भएपछि तेस्रो पटक पुनः मिति सारिएको हो ।

पत्रकार सम्मेलनमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटा र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सना सहभागी भएका थिए । सहभागी तीनै जनाले तोकिएको समयमै साग सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष श्रेष्ठले यसपटकको मितिमा प्रतियोगिता जसरी भएपनि सम्पन्न गर्ने प्रतिबद्दता जनाउँदै भने, “ढुक्क हुनुहोस्, यसपटकको मिति खेर जानेछैन । हामी समयमै सम्पन्न गर्न लागिपरेका छौं । अब प्रतियोगिता सम्पन्न गर्न कुनै कसुर बाँकी छाड्दैनौं ।”

युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटाले एसियाली खेलकुद समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट प्रतिवद्धता जनाए । उनले भने, “यसअघि जे जस्तो भएपनि अबको ६—७ महिनामा भौतिक पूर्वाधार निर्माण गरेर यो प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नै छौं ।”

राखेपका उपाध्यक्ष तिम्ल्सिनाले पुर्वाधारका विषयमा राखेप लागिरहेको बताएउँदै जुनसुकै हालतमा पनि प्रतियोगिता समयमै सम्पन्न गर्ने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ०२ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै