कार्यभार सम्हाल्दै उपेन्द्र यादवले भने– प्रधानमन्त्रीले माया गरेर कानून मन्त्रालय दिनुभयो « Khabarhub

कार्यभार सम्हाल्दै उपेन्द्र यादवले भने– प्रधानमन्त्रीले माया गरेर कानून मन्त्रालय दिनुभयो


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिम्मेवारी हेरफेर गरिएको करिब एक साता पछि उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको पदभार ग्रहण गरेका छन् ।

मन्त्री यादवले सोमबार संकानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेर मन्त्रीको कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्दै यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आएको समेत बताए ।

‘संविधान संशोधन राजनीतिक विषय हो, हामीले यसअघि नै सहमति गरिसकेका छौँ, अब कार्यान्वयन गर्ने बेला आएको छ,’ मन्त्री यादवले भने ।

मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै मन्त्रालयको अनुभव होस् भन्ने उद्देश्यले कानून मन्त्रालयमा पठाएको हुनाले काम गरेर देखाउने पनि बताए ।

उनले भने, ‘मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हो, हेरफेर गर्न सक्नुहुन्छ, मलाई अलि बढी नै माया गरेर पनि यो मन्त्रालय दिएको हुन सक्छ ।’

समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मंसिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा उनलाई स्वास्थ्य तथा जनसङ्ख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्री यादव सोमबार निजी सवारी साधन प्रयोग गरेर मन्त्रालयमा आइपुगेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ३ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै