भाजपाका नेतामाथि कुटपिट « Khabarhub

भाजपाका नेतामाथि कुटपिट


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलकत्ता– भारतको केन्द्रीय सरकारको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेतामाथि पश्चिम बंगालको करिमनगरमा कुटपिट भएको छ ।

भाजपाको पश्चिम बंगाल राज्यका उपाध्यक्ष जोय प्रकाश मजुम्दरमाथि कुटपिट भएको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा भाजपा नेता मजुम्दरलाई केही व्यक्तिले लात्ताले हानेर झाडीमा फालेको देखिन्छ ।

सोमबार पश्चिम बंगालको करिमनगरमा विधानसभाको रिक्त सिटका लागि उपनिर्वाचन भइरहेको छ । मतदान जारी रहेकै अवस्थामा केही व्यक्तिले उपनिर्वाचनमा विद्यानसभा सदस्यका लागि करिमनगरबाट उम्मेदवार समेत रहेका भाजपा नेतामाथि लात्ता प्रहार गरेका हुन् ।

भाजपाले पश्चिम बंगालको क्षेत्रीय दल तृणमूल कांग्रेसका कार्यकर्ताले मजुम्दरमाथि कुटपिट गरेका बताएको छ ।

प्रहरीले मजुम्दरमाथि कुटपिट गर्ने केहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ५ : ०९ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको