युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग « Khabarhub

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न युरोपेली आर्थिक सहयोग प्रयोग गर्न अनुमति दिने भएको छ ।

इयु आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले नेटोका महासचिव मार्क रुटसँगको संयुक्त विज्ञप्तिमार्फत युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ गर्न यस्तो सहयोग उपलब्ध गराउने जानकारी दिएकी हुन् ।

उनका अनुसार इयु सदस्य राष्ट्रहरूले युक्रेनका लागि अमेरिकी हतियार खरिदमा युरोपेली सहयोग रकम प्रयोग गर्न पाउने गरी छुट दिन सहमति जनाएका छन् । यद्यपि, इयुको सहयोगबाट हुने रक्षा सामग्री खरिदमा युरोपेली रक्षा उद्योगका कम्पनीलाई प्राथमिकता दिइने उनले स्पष्ट पारे ।

युक्रेनले रुसी आक्रमणबाट आफ्नो हवाई क्षेत्रको सुरक्षा गर्न आवश्यक क्षमता विस्तारका लागि छिट्टै दुई अर्ब ३० करोड युरो प्राप्त गर्ने बताइएको छ । उक्त रकम प्याट्रियटलगायत हवाई प्रतिरक्षा प्रणाली खरिदमा प्रयोग गर्न सकिनेछ ।

युक्रेनलाई अमेरिकी हतियार खरिदमा सहयोग गर्ने पहलमा नेटो पनि सहभागी छ । यसअन्तर्गत नेटोका युरोपेली सदस्य राष्ट्र र क्यानाडाले युक्रेनका लागि अमेरिकी हतियार खरिद गर्न आर्थिक सहयोग उपलब्ध गराउन सक्नेछन् ।

इयुले युक्रेनका लागि अघि सारेको ९० अर्ब अमेरिकी डलर बराबरको सहयोग ऋण कार्यक्रममार्फत नयाँ आर्थिक सहयोग उपलब्ध गराउने योजना बनाएको छ । उक्त ऋण सन् २०२७ को अन्त्यसम्ममा वितरण गर्ने लक्ष्य राखिएको छ ।

रुसको आक्रमणपछि युक्रेनले रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट आफ्नो हवाई क्षेत्रको सुरक्षा गर्न थप हवाई प्रतिरक्षा प्रणाली आवश्यक रहेको बताउँदै आएको छ । प्याट्रियट प्रणालीलाई युक्रेनको हवाई प्रतिरक्षाको महत्वपूर्ण उपकरण मानिन्छ ।

इयुको पछिल्लो निर्णयले युक्रेनको तत्कालीन रक्षा आवश्यकताका लागि युरोपेली आर्थिक सहयोग अमेरिकी हतियार खरिदमा समेत प्रयोग गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ६ : २८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु