उपनिर्वाचनलाई लक्षित गरी बाँकेमा नमूना मतदान « Khabarhub

उपनिर्वाचनलाई लक्षित गरी बाँकेमा नमूना मतदान


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- यही मङ्सिर १४ गते हुने स्थानीय उपनिर्वाचनका क्रममा बाँकेको कोहलपुर नगरपालिका–६ मा आज नमूना मतदान गरिएको छ ।
नमूना मतदानमा खसेको कुल ७० मतमध्ये तीन मत बदर भएको छ । नमूना मतदानमा ३२ जना महिला ३८ जना पुरुषले मतदान गरेका थिए ।

स्थानीय तहको उपनिर्वाचनका क्रममा मत बदर सङ्ख्या कम गर्ने उद्देश्यले गरिएको नमूना मतदानमा तीन मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकृत खुमप्रसाद सुवेदीले जानकारी दिए ।

नमूना मतदानका क्रममा निर्वाचनको महत्व, यसको प्रक्रिया र आचारसंहिता बारे पनि सहभागीलाई जानकारी गराइएको थियो । नेपाल युवा संस्था सञ्जाल (आयोन) तथा जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजना र जिल्ला निर्वाचन कार्यालय बाँकेको समन्वयमा निर्वाचनका लागि नागरिक सचेतना कार्यक्रमअन्तर्गत उपनिर्वाचनलाई लक्षित गरी मतदाता शिक्षाबारे अभिमुखीकरण तथा नमूना मतदान गरिएको जिल्ला युवा क्लब सञ्जाल बाँकेका सचिव राजन बर्माले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ३० बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट