सीमा अतिक्रमणको विरोधमा कलाकार सडकमा « Khabarhub

सीमा अतिक्रमणको विरोधमा कलाकार सडकमा


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली भूमि मिचिएको विरोधमा कलाकारहरु सडकमा उत्रिएका छन् । भारत तथा चीनले नेपाली सीमा मिचेको विरोधमा कलाकारहरुले सोमबार प्रदर्शन गरेका हुन् ।

नेपालको कालापानी, लिपुलेक मिचिएको भन्दै कलाकारले नेपालस्थित भारतीय दूतावासलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

नेपालको सीमा मिचिएको भन्दै देशभर केही समययता प्रदर्शन भइरहेका छन् ।

सीमा अतिक्रमण विरुद्ध गरिएको विरोध सभामा नेपाली कलाकार तथा विभिन्न संघका प्रतिनिधि उपस्थित थिए । विरोध सभामा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्देशक दिनेश डिसी, कलाकार नवल खड्का, मोहन निरौला लगायत उपस्थित थिए ।

कलाकारहरुले भारतले गल्ती नसच्याएसम्म विरोध गर्ने जनाएका छन् । कलाकार र संस्कृतिकमीले सबै नेपाली एकजुट हुन पनि आग्रह गरेका छन् । निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले सरकारलाई कुटनीतिक पहलका लागि दबाब दिने बताए ।

भारतीय दूतावासलाई बुझाएको ज्ञापनपत्रमा नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा, जनसांस्कृतिक महासंघ नेपालका संयोजक खगेन्द्र राई, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष मधु क्षेत्री तथा समाजवादी सांस्कृतिक महासंघका अध्यक्ष धनराज सुब्बाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : ३६ बजे

मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ

नेपाल गुणस्तर परिषद्को बैठक : विभिन्न गुणस्तर मापदण्ड स्वीकृत

काठमाडौं– नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता