सहुलियत कर्जा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन « Khabarhub

सहुलियत कर्जा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ ।

बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी मन्त्रिपरिषद्को कात्तिक २९ गतेको निर्णय बमोजिम एकीकृत कार्यविधि दोस्रो संशोधन २०७६ को व्यवस्था अनुसार कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

संशोधित कार्यविधि अनुसार कपडा उद्योग सञ्चालनका लागि ५ करोड रुपैयाँसम्म सहुलियत कर्जा पाइनेछ । यो ऋण उद्योग सञ्चालनका लागि नै प्रयोग गर्नपर्ने छ ।

यदि, अन्य प्रयोजनका लागि उक्त रकम प्रयोग भएमा साँवा रकममा १५ प्रतिशतसम्म ब्याज असुल गर्ने केन्द्रीय बैंकले जनाएको छ । यस प्रकारको कर्जाका लागि धितो आवश्यक हुनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : ०० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट