काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री तथा मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।

सिंहदरबारमा सोमबार साँझ मन्त्रालयगत चौमासिक कार्यविवरणको समिक्षा गर्दै प्रधानमन्त्री ओलीले काम नगर्ने र क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीसँग ठेक्का सम्झौता नगर्न निर्देशन दिएका हुन् ।

विकास निर्माणका काममा ठेकेदारहरुले अलपत्र पारेको विषयमा चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले सचिव र ठेकेदारहरुलाई कस्ने नीति लिएका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र सम्पूर्ण ठेक्काको विवरण तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । उनले सक्षम व्यक्तिलाई ठेक्काको जिम्मेवारी दिइनुपर्ने समेत बताए ।

प्रधानमन्त्री ओलीले सुशासन र विकास मार्फत राजीतिमा आएको परिवर्तनको अनुभूति जनतामा गराउनु सक्नुपर्छ भन्दै मुलुकका सम्पूर्ण क्षेत्रमा देखिनेगरी सुधार गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले ‘नीति एकातर्फ, बजेट अर्कोतर्फ र कार्यक्रम अर्कोतर्फ’ रहेको प्रवृत्तिकाबारेमा औँल्याउँदै स्रोत निश्चित नभएका, नीति तथा कार्यक्रम र बजेटमा नपरेका परियोजनामा खर्च गर्ने तथा बजेट विनियोजन भएका कार्यक्रमका रकम अलपत्र पार्ने प्रवृत्ति दोहोरिन नदिन सचेत गराए ।

उनले भने, “नीति कार्यक्रम एउटा छ, बजेट अर्को छ, कार्यान्वयन अर्कातिर छ । स्रोत सुनिश्चित नभएका नीति कार्यक्रम र बजेटमा नपरेका कार्यक्रममा रकम खर्च गर्ने र विनियोजन भएका कार्यक्रमका रकम अलपत्र पर्ने गरेका छन्, त्यस्ता प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।”

प्रधानमन्त्री ओलीले सुशासन र विकासमार्फत राजनीतिमा आएको परिवर्तनको अनुभूति जनतामा गराउनसक्नुपर्छ भन्दै मुलुकका सम्पूर्ण क्षेत्रमा देखिने गरी सुधार गर्नुपर्ने बताए । उनले सुधार गर्दा कानूनले नरोक्ने पनि प्रष्ट पारे ।

तीन वटा आयोजना निर्माण गर्ने सामर्थ्य भएका ठेकेदारलाई ५० वटा ठेक्का दिनु उपयुक्त नहुने बताउँदै उनले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।

“हिजो हामीलाई स्रोत सुनिश्चित नभएका र नीति कार्यक्रममा नपरेका आयोजनाले वित्तीय समस्या झेलिरहेका छौँ, तर अहिले हामी फरक ढङ्गले जान खोजिरहेका छौँ, गहिरो अध्ययन गरेर के कति प्रगति भए र आगामी दिनमा कसरी जाने भनेर कार्यदिशा निर्धारण गरिनुपर्छ”, उनले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले अनुदानको दुरुपयोग नगरी प्रतिफल आउनेगरी कुन उत्पादनमा आत्मनिर्भर हुन खोजिरहेका छौँ । सोही आधारमा अनुदान वितरणलाई व्यवस्थित बनाइनुपर्ने धारणा राखेका थिए । अनुदानको सदुपयोग भए- नभएको यकिन गर्न निर्देशन दिँदै उनले भने  “अनुसन्धानका लागि प्राथमिकतायुक्त विषय छनोट गर्नुपर्छ, जसले पाउनुपर्ने हो, उसले प्राप्त गरुन्, रोजगारी सिर्जना र उत्पादकत्व बढ्नुपर्दछ । धान, मल, उखुलगायत कुन उत्पादनमा आत्मनिर्भर हुन खोजिरहेका छौँ । त्यसलाई अनुदान दिनुपर्छ ।”

बैठकमा शहरी विकास, खानेपानी मन्त्रालयबाहेक अन्य सबै मन्त्रालयका विभागीयमन्त्री सचिव तथा मातहत निकायका प्रमुखहरुको उपस्थिति थियो । सम्बन्धित मन्त्रालयका सचिवले आफ्ना मातहत आयोजनाको प्रगति विवरण र आगामी योजनासहितको समीक्षागत रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ४४ बजे

बार्सिलोनाले जित्यो सुपर कप

रियाद – बार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविमाथि आजदेखि थुनछेक बहस

काठमाडौं– काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र

चिकित्सक भन्छन्, ‘सामान्य अवस्थालाई असामान्य नसोचौं’

काठमाडौं – छिमेकी मुलुक चीनमा ह्युमन मेटान्यूमो भाइरस (एचएमपीभी) सङ्क्रमण

सडक स्तरोन्नति गर्ने सम्झौता

सर्लाही– सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति

अमेरिकामा अग्नि नियन्त्रक सङ्घर्षमा, युक्रेनले सहयोग गर्ने

वासिङ्टन – लस एन्जलसमा ६ दिनदेखि लागेको आगोका कारण अग्नि