ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ « Khabarhub

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित स्थानीयवासीले यस वर्षको दसैँ अस्थायी आवासमै मनाएका छन् ।

लगातारको वर्षापछि गत असोज ११ गते जमिन चिराचिरा परेपछि यहाँको गरगरे बस्तीका आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । प्रभावित परिवारलाई अस्थायी रूपमा बसोबास गर्न स्थानीय प्रशासनले टेन्ट तथा पाल उपलब्ध गराएको थियो ।

बस्तीमा जमिन चिरा परेर प्रभावित भएका ८० घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहले सिफारिससहित जिल्ला प्रशासनमा अनुरोध गरे पनि दसैँअघि स्थानान्तरण हुन नसकेपछि उनीहरूले अस्थायी आवासमै चाडपर्व मनाउनुपरेको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले बताए।

गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीका अनुसार प्रभावित क्षेत्रमा कतिपय स्थानमा १२ फिटसम्म जमिन भासिएको छ । करिब दुई वर्ग किलोमिटर क्षेत्रका विभिन्न स्थानमा जमिन चिराचिरा परेको उनले जानकारी दिए ।

जमिन चिरा परेको सूचना प्राप्त हुनासाथ स्थानीयवासीलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको उपाध्यक्ष खत्रीले बताए। प्रभावित परिवारका लागि तत्काल आवश्यक टेन्टलगायत सामग्री उपलब्ध गराइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  २ : ३२ बजे

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित