तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता « Khabarhub

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका हुन् । नागरिकता प्राप्त गर्नेमा जिल्ला प्रशासन कार्यालयबाट एक हजार ४१८ महिला र एक हजार ४०६ पुरुष तथा माडीबाट १२२ महिला र ११६ पुरुष रहेका छन् । यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । अङ्गीकृत नागरिकता प्राप्त गर्नेमा सात महिला र चार पुरुष छन् ।

यस्तै, ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । गैरआवासीय नागरिकता प्राप्त गर्नेमा नौ महिला र २२ पुरुष रहेका छन् । जिल्ला प्रशासन कार्यालयबाट तीन महिनाको अवधिमा छ हजार ११६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । प्रतिलिपि लिनेमा दुई हजार ९८७ महिला, तीन हजार १२८ पुरुष र एक अन्य रहेका छन् । इलाका प्रशासन कार्यालय माडीबाट पनि ६५० नागरिकताको प्रतिलिपि जारी गरिएको छ । तीमध्ये ३२३ महिला र ३२७ पुरुष छन् ।

यसैगरी, जिल्ला प्रशासन कार्यालयबाट २८ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा १० महिला र १८ पुरुष छन् भने चार जनाको नागरिकता रद्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट ११ हजार ९९७ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने चार हजार ३७० वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । राहदानीका लागि पाँच हजार ८५२ जनाको सिफारिस गरिएको र चार हजार २४३ वटा राहदानी वितरण गरिएको सूचना अधिकारी विकले जानकारी दिए ।

यस अवधिमा ३२६ जनाको नाबालक परिचयपत्रका लागि नयाँ दर्ता गरिएको छ भने ११ वटा प्रतिलिपि जारी गरिएको छ । कार्यालयबाट ३१६ वटा जातीय प्रमाणित, ३१७ वटा भारतीय पेन्सन सिफारिस, १२५ वटा व्यक्ति प्रमाणित र एक हजार ११४ वटा अन्य सिफारिससम्बन्धी कामसमेत भएका छन् ।

यता, इलाका प्रशासन कार्यालय माडीबाट असोज मसान्तसम्म एक हजार २५५ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ७४८ वटा परिचयपत्र वितरण गरिएको छ । सोही अवधिमा १० वटा नाबालक परिचयपत्रका लागि नयाँ दर्ता र २३ वटा जातीय प्रमाणितसम्बन्धी काम भएका छन् । माडीबाट एक महिलाले वैवाहिक अङ्गीकृत र एक जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ५ : १६ बजे

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय