प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको आशंका | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको आशंका


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– स्वास्थ्य अवस्था विग्रिएपछि त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले एपेन्डिसाइटिस भएको आशंका गरेका छन् ।

प्रारम्भिक परीक्षणबाट एपेन्डिसाइटिसको ‘सिन्टोमहरु’ देखिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका एक चिकित्सकले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अहिले पनि चिकित्सकहरुले परीक्षण गरिरहेकाले एपेन्डिसाइटिस भएको भनेर यकीनसाथ भन्न सकिने अवस्था नरहेको बताए ।

‘समस्या के हो भनेर अहिले पनि चिकित्सकहरुले परीक्षण गरिरहनुभएको छ,’ थापाले खबरहबसँग भने, ‘चिकित्सकहरुको परीक्षण नसकिएका कारण अहिले नै एपेन्डिसाइटिस भएको कसरी भन्ने ?’

प्रधानमन्त्री ओली अहिले मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कोरोनरी केयर युनिट (सीसीयू)मा भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार विहान मनमोहन सेन्टर लगिएको थियो ।

प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी समेत हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा फेरि समस्या देखिएको छ ।

हाल नियमित डायलाइसिस गराइरहेका प्रधानमन्त्री ओलीको आइतबार मात्रै ग्रान्डी अस्पतालमा चौथोपटक डायलाइसिस गरिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ११ : ११ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला