उपचार सेवा नलिँदा अकालमै मर्छन् एचआइभी सङ्क्रमित « Khabarhub

उपचार सेवा नलिँदा अकालमै मर्छन् एचआइभी सङ्क्रमित


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् ।

डडेल्धुरामा गत आर्थिक वर्ष २०७५/०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा मृत्यु भएको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ४३ पुरुष र ५३ महिला गरी ९६ एचआइभी सङ्क्रमित छन् । सबैभन्दा बढी सङ्क्रमित परशुराम नगरपालिका क्षेत्रमा छन्, जसमध्ये सो अवधिमा तीन महिला र दुई पुषको मृत्यु भइसकेको छ ।

रोजगारीका लागि छिमेकी भारत जाने युवाहरु एचआइभी सङ्क्रमित भएर फर्कने र श्रीमतीलाई सार्ने गरेका कारण सङ्क्रमितको सङ्ख्या बढेको जिल्ला स्वाथ्य कार्यालयका सूचना अधिकारी जनक चन्दले बताए ।

उनले भने, ‘अभिलेखअनुसार ९६ एचआइभी सङ्क्रमित भारतमा रोजगारीमा गएका कारण पीडित भएका छन् । सबैभन्दा संवेदनशील रहेको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको जोगबुडा क्षेत्रमा यो समस्या छ ।’

जोगबुडा क्षेत्र भारतसँग सीमा जोडिएको छ । यस क्षेत्रका बासिन्दा बढीजस्तो रोजगारीका लागि भारततिर जान्छन् । सङ्क्रमितका छोराछोरीसमेत प्रायः सङ्क्रमित हुने अवस्था देखिएको एचआइभी सङ्क्रमतिको क्षेत्रमा कार्यरत ‘डडेल्धुरा प्लस’का कार्यक्रम अधिकृत भरत ऐरले बताए ।

उनका अनुसार आर्थिक अभाव हुने सङ्क्रमितहरु उपचारसमा खर्चला लाग्ला भनेर पनि सेवा लिन जाँदैनन् । जिल्लामा सङ्क्रमितमध्ये ८३ ले मात्र एआरटी सेवा लिने गरेको एआरटी सेवा काउन्सिलर हर्कबहादुर दियालले बताए।

डडेल्धुरा सदरमुकामा रहको एआरटी सेन्टरमा बैतडीका १० र डोटीका तीन गरी हाल ९६ ले सेवा लिइरहेका छन् । त्यसमध्ये आठ बालबालिका छन् ।

अझै २ सयभन्दा बढी सङ्क्रमित रहेको तर उनीहरु खुलेर समस्या नभन्ने र उपचार लिन नआउने गरेको उनले बताए। पाँच वर्ष पहिले समयमा औषधि खान नपाउने र जिल्लामा ‘एआरटी सेन्टर’ को सेवा लिने स्थिति थिएन । सदरमुकाम र जोगबुडा गरी दुई स्थानमा सेन्टर भएका कारण ग्रामीण क्षेत्रका सङ्क्रमितलाई सदरमुकाम आउनमा समस्या थियो ।

नवदुर्गा गाउँपालिका–५ चामाका एचआइभी सङ्क्रमित चार बालबालिका दुई वर्ष पहिले समाजमा पुनःस्थापित भएका छन् । सङ्क्रमित आमाबुबाको ‘एआरटी’ सेवा पाउन नसकेका कारण निधन भएपछि उनीहरुका बालबापिलका समाजबाट विस्थापित भएका थिए । ती बालबालिका स्थानीय विद्यालयको छात्रवासमा बस्दै आएकामा गत वर्ष जिल्ला एड्स समन्वय समितिको पहलमा घर फर्केका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १२ : ११ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा