ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ « Khabarhub

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई नचिन्ने प्रवृत्ति रहेको बताएका छन् । 

मङ्गलवार काठमाडौँमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गर्दै अध्यक्ष ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई धेरै नचिन्ने वा विद्वान नठान्ने प्रवृत्ति रहेको बताएका हुन् । 

उनले स्वदेशी विद्वानहरूले जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण लेखेको भए तापनि आफ्ना ग्रन्थहरूमा नेपाली लेखकहरूभन्दा विदेशी विद्वानहरूकै उदाहरण दिने परिपाटी बढी रहेको उल्लेख गरे  ।

त्यस्तै ओलीले भाषा, संस्कृति, कला र वाणीमा भिज्ने व्यक्ति समाजका लागि असल र मानवतावादी हुनसक्ने बताए ।  

उनले धेरै ज्ञान भएका मानिसहरू पनि असल र मानवतावादी हुन नसके समाज र छिमेकीका लागि पीडादायक बन्ने धारणा व्यक्त गरे । 

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ४ : ४८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म