दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू) « Khabarhub

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको छ । गाउँका फाँटहरूमा यतिबेला धान पाक्ने क्रममा छ भने पाकिसकेको बाली भित्र्याउने सुरुवाती काम थालिएको छ ।

अहिले मुख्यतः मौसमको अवस्था हेर्दै किसानहरू बिस्तारै धान काट्ने, खेतमै सुकाएर कुनिउँ लगाउने र त्यसपछि दाइँ हालेर धान झाँट्ने काममा जुटेका छन् । 

भौगोलिक कठिनाइ र आधुनिक थ्रेसर मेसिन सहजै उपलब्ध नभएका कारण पहाडी भेगमा अझै पनि बिहानको पारिलो घामसँगै खेतको खलामा गोरु घुमाइघुमाई परम्परागत शैलीमै दाइँ हाल्ने गरिएको छ । गाउँबाट युवाहरू बाहिरिएका कारण कृषि जनशक्तिको अभाव भए पनि यहाँका किसानले ‘अर्म-पर्म’ परम्परालाई जीवितै राखेका छन् ।  

पालैपालो सामूहिक रूपमा काम सघाउने यही संस्कृतिका कारण वर्षभरिको मेहनतले उब्जाएको बाली समयमै घर भित्र्याउन सहज भएको छ। फाँटतिर भर्खरै सुरु भएको यो धान काट्ने, कुनिउँ लगाउने र दाइँ हाल्ने काम सकिए लगत्तै फेरि पाकेको कोदो बाली थन्काउने चटारो सुरु हुन्छ । 

मंसिर-पुस हिउँदसम्मै गाउँघरमा यस्तै खेतीपातीको कामले व्यस्तता बढाउने गर्छ । 

तस्बिरहरू : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १० : २१ बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा