प्रधानमन्त्री ओलीको अपरेशन सकियो | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको अपरेशन सकियो


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) पूरा भएको छ ।

मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिक्समा संक्रमण (एपेन्डिसाइटिस) भएको देखिएपछि अपरेशन शुरु गरिएको थियो ।

करिब ४५ मिनेटको समयमा प्रधानमन्त्री ओलीको अपरेशन पूरा भएको हो ।

पेट दुख्ने समस्या भएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान ९ः४० बजेतिर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर लगिएको थियो ।

डा. रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १ : १० बजे

शीतल निवासबाट राष्ट्रपतिले भने- ६ महिनाभित्र चुनाव गरेर प्रतिनिधि सभा ल्याउनु पर्छ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न

दशैँको मुखैमा घट्यो अलैँचीको बजार मूल्य

झापा– नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । 

अझै आठ हजार ८१६ कैदीबन्दी फरार

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका

थला पर्‍यो यातायात विभाग : सेवाग्राही जलेको भवन हेर्छन्, निराश भएर फर्किन्छन्

काठमाडौँ– जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बानेश्वरस्थित

‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’

मोरङ‍– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता