बागमती प्रदेशमा दुर्घटना घट्यो « Khabarhub

बागमती प्रदेशमा दुर्घटना घट्यो


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको छ । गत वर्षको विजयादशमीको तुलनामा यस वर्ष दुर्घटना कमी आएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार यस वर्ष विजयादशमी अर्थात् असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म १२५ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

विसं २०८२ को दसैँमा बागमती प्रदेशका १० जिल्लामा सोही समयमा १३५ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए ।

उनका अनुसार सो वर्ष भएका दुर्घटनामा परी ३३२ जना घाइते भएका थिए । यस वर्षमा भएको दुर्घटनामा परी २९३ जना घाइते भएका छन् ।

यस वर्ष चार्डपर्वको समयमा सिन्धुलीमा सुमो दुर्घटना हुँदा ठूलो क्षति भएको उनले जानकारी दिए । सो दुर्घटनामा परेका तीन जना अझै बेपत्ता छन् । यस वर्षको दसैँमा काभ्रेपलान्चोकमा बढी दुर्घटना भएको उनले बताए ।

सारुका अनुसार यस वर्षको दसैँको समयमा ९८ वटा दुर्घटना मोटरसाइकलका कारण भएको छ । ती दुर्घटनामा परी आठ जनाको ज्यान गएको छ । मोटरसाइकलबाट हुने दुर्घटनाको जोखिम बढ्दै गएको उनले बताए ।
 

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १० : ३३ बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा