अपरेशन थिएटरबाट भीआईपी क्याभिनमा सारिए प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

अपरेशन थिएटरबाट भीआईपी क्याभिनमा सारिए प्रधानमन्त्री ओली


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) सकिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट क्याभिनमा सारिएको छ ।

प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको शंक्रमण मुक्त (अति विशिष्ट) क्याभिनमा सारिएको हो । प्रधानमन्त्री सारिएको क्याभिनमा सघन उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको छ ।

करिब ४५ मिनेट लगाएर अपरेशन गरिएपछि प्रधानमन्त्री ओलीलाई क्याभिनमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राखिने एक चिकित्सकले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई भेट्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहित सत्तारुढ दल नेकपाका केही नेताहरु अस्प्ताल पुगे पनि भेटघाट गर्न भने दिइएको छैन ।

अहिले प्रधानमन्त्री पत्नी राधीका शाक्य बाहेक अन्य व्यक्तिलाई भेटघाट गर्न नदिइएको अस्पताल स्रोतले जानकारी दियो ।

‘प्रधानमन्त्रीज्यूको अपरेशन सामान्य नै भएपनि उहाँमा अरु पनि स्वास्थ्य समस्या भएका कारण संक्रमणको खतरा हुन्छ,’ अस्पतालका एकजना चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अहिले उहाँकी धर्मपत्नी (राधीका शाक्य)बाहेक अन्य व्यक्तिलाई भेटघाटका लागि रोक लगाएका छौं । संक्रमणको खतरा कम हुँदै गएपछि अरुसँगको भेटघाटलाई पनि खुला गरिने छ ।’

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १ : ३० बजे

देशभरका छाउगोठ भत्काउन सांसदहरूको माग

काठमाडौं – सांसदहरुले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न,

गरिबी र असमानता अन्त्यका लागि भूमिको अधिकार आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोबास, गरिबी र

तस्बिरमा हेर्नुहोस् : नाटक ‘चन्द्रलाई कसले मार्‍यो’ ?

काठमाडौं– म त दर्शक थिएँ, पहिलो सिटमा बसेर नाटक हेर्दै

असार मसान्तको दबाबबीच ३४ अंकले बढ्यो नेप्से 

काठमाडौं– मौद्रिक नीति आएको दोस्रो दिन घटेको बजारमा मंगलबार फेरी रौनक

तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता

खलङ्गा– तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् ।