गढीमाईमा पशुबली रोक्ने अभियानकर्ता नै मासु खाँदै भेटिएपछि स्थानीयले यसरी लखेटे [भिडियो] « Khabarhub

गढीमाईमा पशुबली रोक्ने अभियानकर्ता नै मासु खाँदै भेटिएपछि स्थानीयले यसरी लखेटे [भिडियो]


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको गढीमाईमा एक महिनासम्म चल्ने गढीमाई मेला अहिले जारी छ । यो मेलामा हुने पशुबलीले गढीमाई मेला चर्चित छ ।

यहाँ मेला शुरु भएपछि पशुअधिकार कर्मी तथा बलिप्रथा अन्त्य गर्ने अभियानकर्मी गढीमाई पुग्ने गर्छन् । यही अभियान लिएर गढीमाई पुगेको एक टोली होटलमा मासुभात खाएको भेटेपछि स्थानीयले उनीहरुको अभियान र व्यवहारको विषयलाई सोधेका छन् ।

यो घटना  गत असोज १२ गतेको हो । बली रोक्ने अभियानमा आएका अभियानकर्ताले वीरगञ्जको होटल भिसुवामा मासु खाइरहेका थिए ।

मासु खाइरहेको देखेपछि स्थानीयले सोधखोज मात्र गरेनन् । उनीहरुले बोलेको कुराको भिडियो खिचे र सामाजिक सञ्जालमा राखे । यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पशुबली विरुद्ध अभियान गरेकाहरु नै होटलमा मासु खाँदै गरेको अवस्थामा फेला परेपछि उनीहरुलाई स्थानीयले लखेटेको छन् । होटलमा मासु भात खाँदै गरेको भिडियो खिच्नेले पशुबली नगर्ने भनेर आवाज उठाउने ले किन मासुभात खाने भनेर प्रश्न गरेका छन् ।

उनीहरुले प्रश्नमात्र नगरी होटलवाट लखेट्दै बाहिर निकालेको दृश्य भिडियोमा देखिन्छ । अभियानमा सहभागीविरुद्ध स्थानीयबासी उत्रिएपछि उनीहरुको व्यवस्थापन गर्न सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको देखिन्छ ।

बाराको गढीमाई मेलामा एक महिनासम्म चल्ले मेला पशुबलीकै कारण विश्वप्रसिद्ध छ । एक सातादेखि गढीमाई मेला शुरु भएको छ । बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा यो मेला लाग्ने गर्दछ । मेलाको मुख्य आकर्षण भनेकै पशुबली हो । विभिन्न मनोकामना पुरा गर्न यो मन्दिरमा बली दिइन्छ । निकै भिड रहने यो गढीमाई मन्दिरमा मेला शुरु हुनु दुई साता अघि देखि नै मेला भर्न आउने गर्छन् ।

बली प्रथालाई रोक्नुपर्ने सर्वत्र चर्चा भए पनि पुरानो धार्मिक परम्परा भन्दै मन्दिर ब्यवस्थापन समितिले भने बली नरोकिने प्रष्ट्याएको छ । देशविदेशबाट लाखौंको संख्यामा हिन्दु धर्मावलम्बीहरु आउने यस मन्दिरमा यो वर्ष १५ हजार भन्दा बढी राँगाको बली चढ्ने अनुमान समितिको छ । सोमवारदेखि शरु यो मेलामा मंसिर ११ गते पञ्चबली दिएर बली चढाउन शुरु गरिने मेला व्यवस्थापन समितिले जनाएको छ ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ४ : २७ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक